आईसीसीले लगायो युएईका ब्याट्सम्यान आसिफलाई १५ महिनाको प्रतिबन्ध

संयुक्त अरब इमिरेट (युएई) का ब्याट्सम्यान आसिफ खान डोपिङ प्रशिक्षणमा पोजेटिभ पाएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले १५ महिनाको प्रतिबन्ध लगाएको छ।

गत वर्ष एक अन्तर्राष्ट्रिय खेलका दौरान आसिफको डोपिङ टेष्ट गरिएको थियो । उक्त डोपिङ टेष्टमा आसिफले प्रतिबन्धित एनाबोलिक स्टेरोयड सेवन गरेको पाइएको थियो । आसिफको टेष्ट पोजेटिभ आएपछि उनलाई १५ महिनाको प्रतिबन्ध लगाईएको हो।

आसिफले आईसीसीले डोपिङ आचार(संहिताको नियम २.१ को उल्लङ्घन गरेको विश्व डोपिङ एजेन्सी (वाडा) तथा आईसीसी समक्ष स्वीकार गरेका छन् । यो प्रतिबन्ध ८ सेप्टेम्बर २०२५ देखि ७ डेसेम्बर २०२६ सम्म लागु हुनेछ।

३८ वर्षीय आसिफले युएईको तर्फबाट ३८ एकदिवसिय र ५६ टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले युएईवाट सन् २०२२ मा डेब्यू गरेका थिए । उनले ३२ पहिलो श्रेणीका खेल खेलका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :