इङ्गल्याण्डले दोश्रो टेष्ट क्रिकेटमा पनि पाकिस्तानलाई पराजित गर्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । तीन टेष्ट म्याचको सिरिजमा इङ्गल्याण्डले दोश्रो टेष्टमा पाकिस्तानलाई १९४ रनको विशाल अन्तरले पराजित गरेको हो।
इङ्गल्याण्ड दोश्रो टेष्टमा पहिले ब्याटिङ गर्दै पहिलो इनिङमा २९० रन बनाएको थियो । इङ्गल्याण्डको तर्फबाट जेमी स्मिथले ६१ र जोर्डन कोक्सले ५५ रनको अर्धशतकिय पारी खेलेका थिए।
त्यस्तै, पाकिस्तानले पहिलो इनिङमा ११० रनमा अलआउट भएको थियो । पाकिस्तानलाई सस्तैमा समेट्न ओली रोविन्सनले ४ र जोफ्रा आर्चरले ३ विकेट लिएका थिए । पाकिस्तानको तर्फबाट अजान अवाइसले ४६ र साउड शकेलले १६ रनको योगदान दिएका थिए।
पहिलो इनिङमा १८० रनको अग्रता बनाएको इङ्गल्याण्डले दोश्रो इनिङमा २०८ रन बनाएको थियो । इङ्गल्याण्डको तर्फबाट डान लरेन्सले ५४ र हेरी ब्रुकले ३४ रन बनाएका थिए । पाकिस्तान बलर मोहम्मद अब्वासले ५ विकेट लिदा खुराम शाहजादले २ विकेट लिएका थिए।
यसरी, जितको लागि ३८९ रनको लक्ष्य पाएको पाकिस्तान दोश्रो इनिङमा १९४ रनमा अलआउट भएको थियो । पाकिस्तानको तर्फवाट साउड सकिलले ९७ र शान मसूदले २६ रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए।




