इम्पेरियल वर्ल्डको विजयी शुरूवात

काठमाडौं । आयोजक इम्पेरियल वर्ल्ड स्कुलले आईडब्लुएस बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको  छ । उत्कृष्ट सुरुआत गरेको इम्पेरियलले सिनियर गर्ल्स-ब्वाइज र जुनियर ब्वाइजमा जित हात गर्यो।

बूढानीलकण्ठस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको खेलमा इम्पेरियलले युरो, बानियाँटारलाई २०–३ ले पराजित गर्यो । विजेताकी छेरयाल तामाङले ९ अंक जोडिन् । सिनियर ब्वाइजमा इम्पेरियलले युरो, बानियाँटारलाई १८–१३ ले हरायो ।

इम्पेरियलका टमीले ८ स्कोर गरे । जुनियर ब्वाइजमा इम्पेरियलले न्यु मिलिनियमलाई १७–२ ले पाखा लगायो । इम्पेरियलका लागि प्रज्ञान तामाङले ८ स्कोर  गरे ।

सिनियर ब्वाइजको अन्य खेलमा टीआईए र संस्कृति इन्टरनेसनल स्कुल विजयी भए । टीआईएले न्यु मिलिनियमलाई ३२–२२ ले पाखा लगायो । टीआईएका दिवस जोशीले १२ अंक जोडे । संस्कृतिले युरो, हात्तीगौडालाई ४६–३३ ले पन्छायो ।

संस्कृतिका अभिग्न श्रेष्ठले २५ स्कोर गरे । जुनियर ब्वाइजको अर्को खेलमा डाफोडिलले सफलता पायो। डाफोडिलले टीआईएमाथि १६–८ को जित रच्यो । टीआईएका लिजेश लामाले ६ अंक बटुले ।

प्रतियोगिताको पूर्व बास्केटबल खेलाडी कर्मा गुरुङले उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइज-गर्ल्स र जुनियर ब्वाइजमा समान ८–८ टिमको सहभागिता रहेको स्टुडेन्ट्स इन्रिचमेन्ट को–ओर्डिनेटर रविन सुवेदीले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :