दावाले जिते पिकलबल विश्वकपमा कास्य पदक

काठमाडौं । तेस्रो संस्करणको पिकलबल विश्वकपमा नेपालले कांस्य पदक जितेको छ । भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जितेका हुन् ।

विश्वकपमा नेपालसहित विश्वका ६४ देशका खेलाडीको सहभागिता रहेको नेपाल पिकलबल संघका अधयक्ष सौरभ भण्डारीले जनाएका छन् ।

विश्वकपको पहिलो सहभागितामै नेपाली खेलाडीले पदक जित्न सफल हुनुलाई नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको अध्यक्ष भण्डारीले बताए ।

तेश्रो स्थानका लागि भएको खेलमा दावाले ब्राजिलका खेलाडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक सुनिश्चित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :