एम्पुटी फुटबल खेलाडी फ्रान्स जाने

काठमाडौं । एम्पुटी फुटबल खेलाडी एलिना श्रेष्ठ र पूजा विक बिहीबार फ्रान्सको एनिस जाने भएका छन्।

युरोपियन एम्पुटी फुटबल महासंघ (इएएफएफ) को आयोजना तथा विश्व एम्पुटी फुटबल महासंघको (डब्लुएएफएफ) को सहयोगमा सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने अन्तर्राष्ट्रिय महिला एम्पुटी फुटबल क्याम्पमा सहभागी हुन उनीहरु फ्रान्स जान लागेका हुन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार बिदाइ गरे । एम्पुटी खेलकुद समाज नेपालका महासचिव डिल्लीबहादुर विष्टले क्याम्पको मुख्य उद्देश्य महिला एम्पुटी फुटबल खेलाडीबीच सहकार्य र सञ्जाल विस्तार गर्नु रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :