आर्चरीको ओलम्पिक छनौट स्थगित,अर्काे वर्षका लागि तय

एजेन्सी । सबै कोरोना भाईरसका कारण विश्व आर्चरी संघले ओलम्पिकका लागि यस वषको लागि तय गरेको छनौट प्रतियोगिताहरु स्थगन गरेको छ ।

संघले कोरोनाका कारण छनौट प्रतियोगिता तथा कार्यक्रम समयमा आयोजना गर्न सम्भव नदेखपछि अर्काे वर्षको शुरुवातमा गर्ने जनाएको हो ।

संघले तत्काललाई कुनै कार्यक्रम तथा प्रतियोगिता नहुने भएपछि विश्व वरियता हट्याउने कार्यपनि नगर्ने जनाएको छ ।

यस्तै विश्व आर्चरी संघले सबै अन्त्राष्ट्रिय प्रतियोगिताहरू अगस्टको अन्त्यसम्म स्थगित गरेको छ ।

विश्व आर्चरी संघले विज्ञप्ति जारी गर्दै भनेको छ,‘यस वर्ष ओलम्पिक क्वालिफायर हुने छैन । सबै २०२१ मा हुनेछ । विश्व वरियता निर्धारण पनि हुनेछैन ।’

कोरोनाको प्रभाव बढीरहेको समयमा संघले अन्तराष्ट्रिय प्रतियोगिताहरु पहिलोपटक अप्रिलको ३० सम्मका लागि स्थगित गरेको थियो ।

त्यसपछि जुन ३० र अहिले अगस्टसम्मका लागि स्थगनको घोषणा गरेको छ ।

विश्व आर्चरीको कार्यकारी बोर्डले सबै अन्तराष्ट्रिय प्रतियोगिताहरू ३१ अगस्ट २०२० सम्म स्थगित गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘कोरोना महामारीको स्थिति खुकुलो नहन्जेलसम्मका लागि सबै कार्यक्रमहरु तत्काललाई रोक्का गरेका छौ । स्थिती सहज भएपछि क्यालेण्डर सच्याउनेछौ र वरियता पनि तय गर्नेछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :