आमाहरु प्रति समर्पित कार्यक्रम “आमा पहिलो गुरु”को प्रोमो

मुटुभरिको माया आफ्नो ‘मुटुको टुक्रा’ लाई अनन्त अनन्त कालसम्म दिइरहन सकियोस् । यी सबै अनुभूतिमा ‘आमा’ बाँचेकी हुन्छे ।

आफ्नो मुटुको टुक्रा अर्थात सन्तानलाई कतै ठेस लाग्दा आमाको कोमल मनलाई हुने पिडाको असिमित वर्णन शब्दमा बताउन त कठिन छ । भनिन्छ भगवानले सबैतिर हेर्न भ्याउँदैननु,त्यसैले उनले धर्तीमा आमा बनाए ।

आमाहरु प्रति समर्पित कार्यक्रम आमा पहिलो गुरुको प्रोमो

यिनै भगवान रुपी आमाको गाथा,सायद धेरैले भन्दैनन्,सुनाउँदैनन् । तर अब बाट हामी भन्छौ सफलता पछाडि आमाको असिमित मिहिनेतको कथा–आमा पहिलो गुरु । आमा एक पात्र होइनन्,आमा संसार हुन् ।

सबै आमा प्रतिको नमन हो कार्यक्रम “आमा पहिलो गुरु” चाँडै पहिलो अंक लिएर आउँदैछौ । कृपया च्यानल सब्स्क्राइब गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :