१३औं आईपीएलका सबै रेकर्डसको सूची

सुवास रोकाया

काठमाण्डौ । १३औं सस्करणमा सबैभन्दा बढी ६७० रन किङ्गस ११ पञ्जाबका लोकेश राहुलले बनाउँदै ओरेन्ज क्याप आफ्नो नाममा पारे । यस्तै सबैभन्दा बढी ३० विकेट दिल्ली क्यापिटल्सका कागिसो रबाडाले झार्दै पर्पल क्यापको हकदार बने । दिल्लीकै ओपनर शिखर धवनले २ शतक प्रहार गरे र यस संस्करणकै सबैभन्दा बढी शतक लगाउने खेलाडी बने । यता सबैभनद बढी छक्का मुम्बईका ईशान किशनले लगाए । उनले प्रतियोगिताभरिमा २९ वटा छकका प्रहर गरे ।

पडिक्कल ईमर्जिङ्ग प्लेयर अफ दि ईयर
राजस्थान रोयल्सका जोफ्रा आर्चर प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । रोयल च्यालेन्जर्स बैंगलोरका देवदत्त पडिक्कल ईमर्जिङ्ग प्लेयर अफ दि ईयर चयन भए । मुम्बई ईण्डियन्सले उपाधिसँगै फेयर प्ले अवार्ड पनि जित्न सफल रह्यो ।

५ टप विकेट टेकर्समध्ये ४ जना तिव्र गतिका बलर
यस संस्करणका ५ टप विकेट टेकर्समधये ४ जना तिव्र गतिका बलरहरु रहे । कागिसो रबाडाले ३० विकेट लिए भने जसप्रित बुमराहले २७,ट्रेन्ट बोल्टले २५ तथा एन्रिच नोर्तजेले २२ विकेट हात पारे । टप ५ विकेट टेकर्समा एक मात्र स्पिनर युज्वेन्द« चहाल रहे । उनले प्रतियोगितामा २१ विकेट लिए ।

सबैभन्दा बढी अर्धशतक के एल राहुलको नाम
आईपीएलको ईतिहासमा धवन लगातार २ खेलमा शतक बनाउने पहिलो खेलाडी बने । यता सबैभ्नदा बढी अर्धशतक प्रहार गर्नेमा किङ्गस ११ पञ्जाबका राहुल बने । उनले प्रतियोगिता भरिमा ५ वटा अर्धशतक प्रहार गरे । यस्तै राहुल एक ईनिङ्गमा सबैभन्दा बढी १३२ रन बनाउने खेलाडी समेत बने । धवनबाहेक मयंक अग्रवाल र बेन स्टोक्सले एक एक शतक बनाए ।

मुम्बईको खेलाडीको नाममा १३७ छक्का
१३औं संस्करणको आईपीएलमा कुल ७२३ छक्का प्रहार भयो । जसमध्ये १३७ वटा छक्का मुम्बईका खेलाडीहरुले प्रहार गरेका हुन् । यस्तै दिल्लीप्का खेलाडीले ९६ वटा छक्का आफुनो नाममा लेखाए । मुम्बईका ईशानले सबैभन्दा बडी ३० तथा हार्दिक पाण्ड्याले २५ छक्का प्रहार गरे ।

टप ५ बलर्समा सबैले गरे १५० भन्दा बढी डट बल
मुम्बईका जसप्रित बुमराहले सबैभन्दा बडी १७५ वटा डट बल गरे भने दिल्लीका नोर्तजेले १६० बल डट गरे । डट बल फाल्नेमा राजस्थानका जोफ्रा आर्चर तेश्रो स्थानमा रहे ।

१४ बलरको नाममा कुल २० मेडन ओभर

सिजनभरिमा कुल १४ बलरले २० वटा मेडान ओभर गरे । सबैभन्दा बढी मुम्बईका बोल्टले ३ ओभर मेडन गरे । यसपछि मुम्बईकै बुमराहले २ वटा ओभर मेडन फाले ।

यो पनि पढ्नुहोस्ः मुम्बई बन्यो पाँचौ पटक आईपीएल च्याम्पियन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :