एस्टन भिल्लालाई वेस्ट ह्यामले हरायो

एजेन्सी । ईङ्गलीस प्रिमियर लिग अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेष्ट ह्याम विजयी भएको छ ।

वेष्ट ह्यामले घरेलु मैदान लण्डन रंगशालामा एस्टन भिल्लामाथि २–१ गोल अन्तरको जित निकालेको हो ।

वेष्ट ह्यामलाई सुरुवाती जित दिलाउन खेलको दोस्रो मिनेटमा एन्जीलो ओग्बोन्नाले हेडर गोल गरे ।

एस्टन भिल्लाका ज्याक ग्रेलिसले खेलको २५ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

१–१ गोलको बराबरिमा पहिलो हाफ सकिदा वेष्ट ह्यामले दोस्रो हाफको पहिलो मिनेटमा जेरार्ड बोवेनको गोलमा अग्रता कायम गर्याे ।

यसपछिको बाँकी समयमा दुबै टिमबाट गोल नभएपछि वेस्टह्यामले खेल २–१ ले आफ्नो पक्षमा पार्याे ।

जितसँगै वेष्ट ह्याम तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । वेष्ट ह्यामको १० खेलमा ५ जित ३ हार सहित १७ अंक भएको छ ।

यस्तै हारको सामना गरेको भिल्लाले ९ खेलमा ४ मा जित र ४ मा हार बेहोरिसकेको छ । तालिकाको १० औँ स्थानमा रहेको एष्टोन भिल्लाको १५ अंक छ ।

यो पनि पढ्नुहोस्ः  एट्लेटिकोलाई बार्यनविरुद्ध जित आवस्यक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :