विद्या भुसण स्कूलको विजयी शुरुवात

‘लिटल फ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विद्या भुसण स्कूलले विजयी शुरुवात गरेको छ ।

धनगढीस्थित सङ्घीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विद्या भुसणले लिटिल फ्लावर स्कूल माथी ७ विकेटको जित निकालेको हो ।

लिटिल फ्लावरले दिएको १५३ रजको लक्ष्य विद्या भुसणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

विद्या भुसणको जितमा शेर मल्लले सर्वाधिक ७० रनको अर्धसतकिय पारी खेले भने कप्तान विरेन्द्र नाथले ४३ रनको योगदानन दिए ।

लिटिल फ्लावरको बलिङ्गमा राजकुमार साहले २ विकेट हात पारे पनी टिमलाई जित दिलाउन सकेकनन् ।

यस अघी टस जितेर ब्याटिङ्ग गरेको लिटिल फ्लावरले निर्भारित २० ओभरमा ९ विकेट गुमाएर १५२ रनको योगफल तयार पारेको थियो ।

उस्का लागी सुबास ऐरीले सर्वाधिक ३७ रन जोडे भने नरेन्द्र भट्टले ३६ रनको योगदान दिएका थिए ।

विद्या भुसणका लागी शेर मल्लले सर्वाधिक ३ विकेट हात पारे । यस्तै विरेन्द्र नाथ र प्रदिप चन्दले समान २–२ विकेट हात पारे ।

खेलको म्याच अफ द म्याच शेर मल्ल चुनिए ।

देशभरीका १६ विद्यालयको सहभागिता हुने प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख २० हजार र उपविजेताले रु ६० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट बलरले रु पाँच हजार, उत्कृष्ट व्याट्स म्यानले रु पाँच हजार र उदयमान खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस् : शिर्ष स्थानको सिटीको लगातार २०औं जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :