लेस्टरको पुनरागमन जित

इङ्गलिश प्रिमियर लिगमा जित निकाल्दै लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति सम्पन्न खेलमा घरेलु टोलि ब्राइटनमाथि लेस्टर सिटीले २–१ गोल अन्तरको जित हासिल गरेको हो ।

खेलको १०औं मिनटमा एडम ललानाको गोलमा घरेलु टोलि ब्राइटनले खेलमा अग्रता बनाएको थियो ।

यसपछि लेस्टरले खेलको दोश्रो हाफमा पुनरागमन गर्दै दुई गोल गरेको थियो ।

६२ औं मिनेटमा केलिची लियानाचोले गोल गर्दै लेस्टरलाई खेलमा बराबरी दिलाए । ८७ औं मिनेटमा डेनियल अमार्टेले गोल गरेपछि लेस्टर २–१ गोल विजयी भएको थियो ।

जितसँगै दोस्रो स्थानमा रहेको लेस्टरको ५३ अंक भएको छ भने एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५१ अंकका साथ तेस्रो स्थानमा छ । म्यानचेस्टर सिटी भने ६५ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यता हार खेपेको ब्राइटन २६ अंकका साथ १६औं स्थानमा छ ।

यो पनि पढ्नुहोस् : ओसासुनामाथि बार्सिलोनाको जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :