वाईवाई यू-१९ पुरुष क्रिकेट मंसिर पहिलो साता

काठमाडौं । वाईवाई यू-१९ पुरुष क्रिकेट प्रतियोगिता मंसिर पहिलो साता आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक संजालमार्फत वाईवाई यू-१९ पुरुष क्रिकेट मंसिरको पहिलो साता आयोजना गरिने जनाएको छ ।

यस्तै संघले साहि प्रतियोगिताका लागि क्यानमा आवद्ध ३९ जिल्लामा जिल्लास्तरीय छनौट कार्यक्रम समेत भईरहेको जनाएको छ ।

क्यानका अनुसार सो प्रशितायोगिता मंसिर ४ गतेबाट शुरु हुनेछ । यसका लागि क्यालने कार्तिक १९ गतेभित्र जिल्ला छनौट तथा कार्तिक ३० गतेभित्र प्रादेशिक छनौट सम्पन्न गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :