नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ्गकी शिक्षाले दिलाईन् बागमतीलाई पहिलो स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङ्गको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छिन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन् ।

नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् ।

नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो ।

ह्याण्डबल तथा फेन्सिङ्ग प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागि खेलाडीहरुलाई जितको निम्ति शुभकामना समेत व्यक्त गरे ।

फोटो : एनएसजेएफ गण्डकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :