मिलन बोहरा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका अलराउन्डर मिलन बोहरा वाइ वाइ अण्डर–१९ पुरुष राष्ट्रिय प्रतियोगिता प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई अपराजित रहँदै उपाधि जिताउन प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेका मिलन सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।

आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएसँगै मिनले १५ हजार पुरस्कार प्राप्त गरेका छन् । उनले प्रतियोगिता अवधिभर ७ खेलमा १६ विकेट लिदा १७० रन बनाएका थिए।

यस्तै प्रदेश एकका दीपेश कँडेलले उत्कुष्ट बलर घोषित हुँदा बागमती प्रदेशका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान चुनिए ।

दीपेशले ६ खेलमा १६ विकेट लिए भने प्रतीकले ६ खेलमा १ शतकसहित २ सय ५१ रन बनाएका थिए ।

उनीहरु दुवैजनाले समान १०-१० हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :