युथ ओपन फाइभ के रनको तयारी पुरा

काठमाण्डौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा भोलि शनिबार हुने युथ ओपन फाइभ के रनको सम्पूर्ण तयारी पुरा भएको छ ।

‘चेतनशील युवा सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता दशरथ रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टिमका खेलाडी सहित देशभरका ४८ जिल्लाबाट ३ सय ८६ जना खेलाडीले नाम दर्ता गरेका छन् । जसमा १ सय ३२ जना महिला छन् ।

प्रतियोगिताको विजेता (महिला र पुरुष)ले ट्रफी, पदक सहित समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार र छैटौं देखि दशौं स्थान सम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गर्नेछन्।

दशरथ रंगशालाबाट सुरु हुने दौड सुन्धारा, वीर अस्पताल हुदै केशलमहल पुग्नेछ । त्यसपछि नारायणहिटी संग्राहलयको दक्षिण गेट हुदै घण्टाघर, भृकुटीमण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा हुदै दशरथ रंगशालामा आएर समापन हुनेछ ।

एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले युवा खेलाडीलाई एक्सपोजर प्रदान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । प्रतियोगिताको सम्पुर्ण म्यानेजमेन्ट ‘प्रो स्पोर्ट्स प्राली’ले गर्नेछ ।

प्रतियोगितालाई काठमाडौं महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल एथलेटिक्स एसोसियसन, नेपाल इनभेष्टमेन्ट मेगा बैंंक, खेलपाटी, इको प्यानल नेपाल, लुम्बिनी हेल्थकेयर लगायतले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :