लस एन्जल्स ओलम्पिक २०२८ मा क्रिकेट पनि समावेश

अमेरिकाको लस एन्जल्स शहरमा सन् २०२८ मा आयोजना हुने ओलम्पिक खेलकुद प्रतियोगितामा क्रिकेटलाई पनि समावेश गरिने भएको छ । यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले आधिकारिक रुपमा जानकारी गराएको छ ।

आईओसीको हालै बसेको कार्यसमितिको बैठकले क्रिकेटसहित अन्य चार खेलह आगामी ओलम्पिकमा समावेश गर्ने निर्णयलाई लस एन्जल्स आयोजक समितिले मञ्जुरी दिएपछि आधिकारिक रुपमा टुङ्गो लागेको हो ।

आइओसीको यो खुलासासँगै सन् २०२८ को लस एन्जिल्स आयोजना हुने ओलम्पिकमा टी २० फम्र्याटको क्रिकेट हुनेछ । जस्मा पुरुष र महिला दुवै विधाहरुलाई समावेश गरिएको छ ।

लस एन्जल्स ओलम्पिक आयोजक समितिले पुरुष तथा महिलागरि ६, ६ टोली ओलम्पिकमा सहभागिता जनाउने छन् । जस्मा अमेरिकाको क्रिकेट टोलीले आयोजकको नाताले सिधै छनौट हुने छ ।

अन्य टोलीको छनौट भने संख्या र योग्यताका आधारमा हुनेछ । त्यस्तै समावेश गरिएका अन्य चार खेलहरुमा बेसबल, फ्लैग फुटबल, लेक्रोस र स्क्वास रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :