आर्मी र एपीएफ भिड्ने

काठमाडौं । नेपाल आर्मी र एपीएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषमा बिहीबार फाइनलम प्रवेश गरेका छन् ।

नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोविन लिगमा आर्मी विजेता र एपीएफ उपविजेता बन्दै फाइनलमा पुगेका हुन् । आर्मीले ४ तथा एपीएफले २ अंक जोडे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी ४ अंकसाथ शीर्ष स्थानमा रहँदे फाइनल यात्रा तय ग¥यो।

फाइनलमा प्रहरीको भेट एपीएफसंग हुनेछ । २ अंक जोडेको एपीएफ उपविजेता हुँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :