लेभरकुसेनले अपराजित रहँदै पहिलो पटक जित्यो बुन्डेसलिगा उपाधि

बायर लेभरकुसेनले क्लब इतिहासमा पहिलो पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ ।

आईतबार राती घरेलु मैदानमा भएको खेलमा वेर्डर ब्रेमनमाथि ५-० गोलको शानदार जित निकाल्दै लेभरकुसेनले पहिलो पटक बुन्डेसलिगाको उपाधि आफ्नो नाममा पक्का गरेको हो ।

लेभरकुसेनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पुरा गर्दा भिक्टर बोनिफेशले र ग्रानिट झाकाले एक एक गोल थपे । यससँगै लेभरकुसेन जारी सिजनमा अपराजित रहँदै उपाधि हात पार्न सफल भयो ।

लेभरकुसेनले अहिलेसम्म खेलेको २९ मध्ये २५ खेलमा जित तथा ६ खेलमा बराबरीको नतिजासहित ७९ अंक जोडेको छ। अब जारी सिजनमा अब सबै क्लबले पाँच खेल मात्र खेल्न बाँकी रहेको छ ।

यस्तोमा लेभरकुसेनले ६३ अंकसहित दोश्रो स्थानमा रहेको बायर्न म्युनिखलाई १६ अंकले पछि पारिसकेको छ । यसै सिजन अन्य दुई प्रतियोगिताको उपाधि दौडमा रहेको लेभरकुसेनले जर्मन कपको फाइनल र युरोपा लिगको क्वार्टरफाइनल खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :