नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन असारमा हुने

ललितपुर । नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समितिको पूर्ण बैठक आज केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको छ। लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले संघको केन्द्रीय अधिवेशन असार भित्र सम्पन्न गर्ने तय गरेको छ।

नेपाली काँग्रेस पार्टीको केन्द्रीय समितिले निर्दिष्ट गरेको अधिवेशन सम्पन्न गर्न विभिन्न निर्णयहरु गरेका छन्। नेपाली खेलकुदको समग्र बिकास र प्रवर्द्धनमा टेवा पुर्‍याउन देवेन्द्र कुमार शेरचनको नेतृत्वमा २१ जनाको कार्य सम्पादन समिति गठण गरेको हो।

समितिमा उपाध्यक्ष बृजेन्द्र हमाल,महासचिव द्वय सुवोध प्रधान र दिपक गुरुङ्ग, सचिवमा मषिण जोशी, वीर बहादुर खड्का, बखत बहादुर शाही, राजु बिक्रम थापा, कोषाध्यक्षमा दशरथ रिसाल रहेका छन्।

कार्य सम्पादन समितिका सदस्यहरुमा राजु ताम्राकार, रञ्जन थापा, कुमार बस्नेत, कुबेर प्रकाश सिं, विष्णु क्षेत्री, बेद प्रसाद वन, राम थारु, मुक्ति बहादुर रेग्मी, तुलसि थापा, जनक सिंह साउद, बिश्वमान गुरुङ्ग रहेका छन्। संघको प्रवक्तामा दामोदर अर्याललाई नियुक्त गरेका छन्।

बैशाख २१ गते नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा बैशाख १४ देखि १९ गते सम्म राष्ट्रब्यापी गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ। वीर गणेहमान सिंह बुद्धिचाल प्रतियोगिता गर्न कार्य सम्पादन समितिका सदस्य राजु ताम्राकारलाई संयोजकको जिम्मा दिइएको छ। त्यसैगरी २१ गते साँखुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गर्ने र विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ।

बैठकले नेपालका विभिन्न खेल भातृ संगठनहरु संग सहकार्य गरि खेलकर्मीहरुको मनोबललाई उच्च बनाउदै खेलकुद क्षेत्रमा देखिएको सुस्तता निवारण गर्ने तर्फ पहल गर्ने निर्णय गरेको छ। खेलकुदको माध्यमवाट राष्ट्र र अन्तर्राष्ट्रिय तह सम्म खेलाडीहरुको उपस्थिति जनाउदै नेपाल राष्ट्रको गरिमा उच्च पार्ने तर्फ पहलिकदम लिने समेत निर्णय गरेको छ। 

केन्द्रीय बैठकले नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य सुनिल गुरुङ्गका पिता बिल बहादुर गुरुङ्गको चैत २७ गते हुन गएको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :