आईपीएलमा आज गुजरात र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ अन्तर्गत आज बुधबार हुने एकमात्र खेलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुकी ७ः४५ बाट शुरु हुनेछ ।

अघिल्ला ६ मध्ये ३ मा जित निकाल्दै ३ खेलमा हार व्यहोरेको गुजरात ६ अंकसहित तालिकाको छैठौं स्थानमा रहेको छ ।

यता समान ६ मध्ये २ जितका साथ ४ खेलमा पराजित दिल्ली ४ अंकसहित नवौं स्थानमा रहेको छ ।

गुजरातको टोली सुभमन गिल र दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदान उत्रिदै छन् ।

आईपीएलमा यी दुई टोलीबीच ३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा गुजरातले २ र दिल्लीले १ खेल जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :