दीपेन्द्र आईसीसी टी-२० अलराउन्डर वरियताको ११औं स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अन्तर्गत अलराउण्डर वरियताको ११ औं स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको टी-२० वरियताको अलराउन्डरतर्फ १४ स्थान सुधार गर्दै दीपेन्द्र ११ औं स्थानमा उक्लिएका हुन् ।

यससँगै दीपेन्द्र आईसीसी टी-२० को अलराउन्डर वरियतामा एसोसिएट राष्ट्रका खेलाडीको शीर्ष स्थानमा समेत पुगेका छन् ।

एसोसिएट राष्ट्र नामिबियाका जेरार्ड एरास्मस १३औं स्थानमा रहेका छन् । यसअघि दीपेन्द्र वरियताको २५औं स्थानमा रहेका थिए ।

दीपेन्द्रले ओमानमा जारी एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रयसै प्रतियोगिता अन्तर्गत कतारविरुद्धको खेलको अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रगर गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा उक्त दुर्लभ कीर्तिमान बनाउने पाचौँ खेलाडी समेत बनेका थिए ।

नेपालका अर्का अलराउन्डर कुशल मल्ल ५ स्थान सुधार गर्दै २७ औं स्थानमा पुग्दा कप्तान रोहित पौडेल ६ स्थान तल झर्दै ६२ औं स्थानमा पुगेका छन् । यस्तै गुलशन झा ६८ औं स्थानमा रहदा करण केसी ८०औं स्थानमा रहेका छन् ।

टी-२० ब्याटिङ वरियतातर्फ कप्तान रोहित पौडेल ५३ औं स्थानमा रहदा १६ स्थान सुधार गर्दै दीपेन्द्र ६१औं स्थानमा पुगेका छन् । ब्याटिङतर्फ नै ओपनर आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५ औं स्थानमा पुग्दा कुशल मल्ल ९ स्थान सुधार गर्दै १०० औं स्थानमा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :