आईपीएलमा आज मुम्बई र पञ्जाब भिड्ने

इन्डियन प्रीमियर लिग (आईपीएल) २०२४ अन्तर्गत आज बिहिबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्गसबीच भिडन्त हुँदैछ । आजको खेल मल्लापुरको महाराजा यादवेन्द्र सिंह इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राती ७:४५ मिनेट देखि शुरु हुने छ ।

जारी आईपीएलमको अङ्क तालिकामा पञ्जाब ८ औं र मुम्बई ९ औं स्थानमा रहेका छन् । चोटका कारण टीमबाट बाहिर रहेका पञ्जाब टोलीका कप्तान शिखर धवन आज पनि नखेल्ने भएका छन् । उनको स्थानमा सेम करनले कप्तानको भूमिका निभाउने छन् ।

आईपीएलका अहिलेसम्मका संस्करणमा पञ्जाव र मुम्बईविच रोमाञ्चक भिडन्त हुँदै अएको छ । आईपीएलमा मुम्बई र पञ्जाबबीच अहिले ३१ पटक भिडन्त भएको छ । जसमा मुम्बईले १६ र र पञ्जाबले १५ खेलमा जित हासिल गरेका छन् । पछिल्ला पाँच खेलमा भने पञ्जाबले बाजी मार्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :