भलिबलको उपाधि लुम्बिनी र बागमतीलाई

काठमाडौं । राष्ट्रपति रनिङको भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन् ।

लुम्बिनी छात्र तथा बागमती छात्रामा पहिलो भएका हुन् । विजेता दुवै टोलीले गण्डकीलाई पराजित गरे।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५–१७, २५–१४, १९–२५ र २५–१९ ले पराजित गर्यो। कर्णाली तेश्रो भयो ।

छात्राको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५–१३, २५–१४ र २५–१४ को सोझो सेटमा हरायो । लुम्बिनी तेश्रो स्थानमा रह्यो ।

कबड्डी : सुदूरपश्चिमलाई दोहोरो उपाधि
राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जित्यो । सुदूरपश्चिम छात्र-छात्रा दुवैमा पहिलो भयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्यो ।

लुम्बिनी र मधेश तेश्रो भए । छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो । कर्णाली र बागमती तेश्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :