मिलानलाई हराउँदै रोमा युरोपा लिगको सेमिफाइनलमा

इटालियन सिरी ए फुटबल क्लब रोमा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राती भएको क्वार्टरफाइनल अन्तर्गत दोश्रो लेग खेलमा अर्का सिरी ए क्लब एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै रोमाले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

यी दुई टोलीबीचको पहिलो लेग खेल १-१ गोलको बराबरीमा सकिएको थियो । यससँगै रोमा मिलानविरुद्ध समग्रमा ३-१ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भयो ।

खेलको १२ औं मिनेटमा जियानलुका मैनसिनीले गोल गर्दै रोमालाई १-० को अग्रता दिलाएका थिए । २२ औं मिनेटमा पाउलो डिबालाको गोलबाट रोमाले २-० को अग्रता लिएको थियो ।

३१ औं मिनेटमा जेड सेलिक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रोमा १० खेलाडीमा समेटिएको थियो । त्यसपछि १० खेलाडीमा सिमित रोमाविरुद्ध ८५ औं मिनेटमा माटेओ गाबियाले मिलानको लागि एक गोल फर्काएपनि टोलीको हारलाई टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :