मिलानलाई हराउँदै इन्टरले जित्यो २० औं पटक सिरी ए उपाधि

इटालियन सिरी ए फुटबल २०२३-२४ सिजनको उपाधि इन्टर मिलानले जितेको छ।

सान सिरोमा मंगलबार राती सम्पन्न खेल अर्थात् मिलान डर्बीमा घरेलु टोली एसी मिलानलाई २-१ गोल अन्तरले पराजित इन्टरले ५ खेलअघि नै उपाधि जितेको हो।

यससँगै इन्टर मिलान २० औं पटक सिरी ए को उपाधि जित्न सफल भएको छ । इन्टरले पछिल्लो पटक २०२१-२२ सिजनको उपाधि जितेको थियो ।

मंगलबारको खेलमा इन्टरलाई जित दिलाउन फ्रान्सेस्को अचर्बी र मार्कस थुरामले एक एक गोल गरे।

यता घरेलु टोलीका लागि फिकायो तोमोरीले एक गोल फर्काएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

जितसँगै च्याम्पियन बनेको इन्टरको ३३ खेलबाट ८६ अंक जोडेको छ। समान खेलमा ६९ अंक रहेको मिलान दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :