युभेन्ट्स बिजयी, इन्टरको उपाधि होडमा धक्का

एजेन्सी ।
इटालियन सिरि ए फुटबलमा युभेन्ट्स बिजयी भएको छ । युभेन्ट्सले ईन्टर मिलानलाई पराजित गर्यो ।

आईतबार राति भएको खेलमा युभेन्ट्सले ईन्टर मिलानलाई २–० ले हराएको हो । युभेन्ट्सको जितमा खेलको ५४ औं मिनेटमा आरोन राम्सीले गोल गरे । यस्तै पाउलो ड्याबालाले ६७ औं मिनेटमा अर्र्को गोल थपे ।

क्रिस्टियानो रोनाल्डोले करियरको एक हजार खेल पुरा गरेको खेलमा युभेन्ट्सले सानदार जित दर्ता गरेको हो ।

उपाधि दावेदार इन्टर यो हार सँगै तालिकामा ९ अंकले पछि परेको छ । इन्टर ५४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

युभेन्ट्स ६३ अंक सहित लिगको शीर्ष स्थानमा फर्किएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना त्रासका कारण यो खेल खाली रंगशालामा खेलाइएको थियो । इटालीमा केही साता अघि बाट कोरोना भाईरसका कारण खेल बन्द रंगशालामा आयोजना गर्ने गरिएको छ । कम्तिमा अप्रिल ३ सम्म इटालीका सबै खेलहरु खाली रंगशालामा हुनेछन् । कोरोनाको कारण इटालीमा ३ सय ५० बढीको ज्यान गएको छ भने १ करोड ६० लाख मानिसलाई कवारेनटाइन राखिएको छ ।

कोरोनाको कारण इटालीको खेलक्षेत्र प्रभावित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :