ईटालिमा रोक्किएका खेलको प्रशिक्षण मे १८ बाट हुने

एजेन्सी । ईटालियन सरकारले सिरी ए फुटबल लिग लगायत सबै खेलकुद गतिविधिलाई आगामी मे महिनाबाट प्रशिक्षण गर्न दिने भएको छ ।

विशवब्यापी कोरोना भाइरसको महामारीले ईटालिमा सं्रकमितसँगै ज्यान गुमाउनेको संखया बढ्दै गएपछि त्यहाँ गत मार्च देखि सम्पूर्ण खेलहरु रोक्किएका थिए ।

ईटालिमा विगत केही साताबाट पहिलोको तुलनामा संक्रमित र ज्यान गुमाउनेको संख्यामा कमि आएपछि सरकारले खेलकुद गतिविधिलाई मे महिनाको १८ तारिखबाट प्रशिक्षण शुरु गर्न अनुमति दिने भएको हो ।

ईटालिका प्रधानमन्त्री युसेप कोन्टेले देशवासीको नाममा गएराति गरेको समबोधनका क्रममा अवस्था केहस् सहज हुन थालेकोले रोक्किएका खेलहरुको प्रशिक्षण मे १८ बाट संचालन गर्न सकिने बताए ।

उनले भने,‘खेल र शारिरिक ब्यायामको सम्बन्धमा अहिलेसम्म घर वरपर गर्न छुट दिएका थियौ । तर अब भने अवस्था तुलनात्मक केही सहज भएकोले सुरक्षा र सावधानी अपनाएर खेल प्रशिक्षणहरु संचालन गर्न हामीले फुकुवा गरेका छौ ।’

‘अहिले पनि सामाजिक दूरी कायम गरी सुरक्षा र सावधानी अपनाउनुपर्ने छ’,उनले भने,‘सबैको ख्याल गर्दै खेल प्रशिक्षण,संग्रहालय,प्रदर्शनी र पुस्तकालय लगायतको क्षेत्रहरु मे १८ बाट खुल्ला गर्ने निर्णय लिएका छौ ।’

सरकारको यो कदमलाई ईटालिको फुटबल संघ लगायत अन्य खेल संघसंस्थाले स्वागत गरेका छन् ।

यसअघि संघले सरकारको अनुमति भएमा सिरी ए का बाँकी रहेका खेलहरु मै को अन्तिम साताबाट शुरु गर्न सकिने जनाएको थियो ।
संघले भनेको छ,‘सरकारको यो निर्णयले अब सिरी एका रोक्किएका खेलहरु सक्किने निश्चत भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :