विश्व स्विमिङ्ग च्यामिपयनसिप सन् २०२२ सम्मका लागि स्थगित

एजेन्सी । टोकियो ओलम्पिकका कारण विश्व स्विमिङ्ग च्यामिपयनसिप सन् २०२२ सम्मका लागि स्थगित भएको छ ।

जापानको फुकुओ शहरमा २०२१ मा हुने भनिएको विश्व स्विमिङ्ग च्यामिपयनसिप अब २०२२ मा मात्र हुने भएको छ ।

यसै वर्षको लागि तय भएको टोकियो ओलम्पिक अर्काे वर्ष आयोजना हुनेभएपछि विश्व स्विमिङ्ग महासंघ (फिना) ले विश्व स्विमिङ्ग च्यामिपयनसिप सन् २०२२ को जुलाई १६ देखिअगस्ट १ सम्मका लागि निर्धारण गरिएको छ ।

सोमबार ओलम्पिकका कारण विश्व च्याम्पियनसिप एक वर्ष पर सार्नुपरेको फिनाले जनाएको हो ।

फिनाका अध्यक्ष जुलियो मेगालिओनले भने,‘स्विमिङ्गका सरोकारवालाहरुसँगको छलफल पश्चात हामीले प्रतियोगिता पर सारेका हौ ।’

उनले भने,‘कोरोना कारण समपूर्ण खेल गतिविधिहरु अस्तबयस्त बनिरहेको समयमा ओलमिपक प्रभावित बन्यो र हाम्रो प्रतियोगितापनि समेहीसमयमा हुने भएकोले समय पर धकेल्न बाध्य बनेका हौ । आशा गरेका छौ की समय धकेलिएपनि सबै सरोकारवालालाई कुनै असर पर्ने छैन ।’

विश्व स्विमिङ्ग च्याम्पियनशिपमा डाईभिङ्ग ओपन वाटर स्विमिङ्ग, रिदमिक् स्विमिङ्ग तथा वाटर पोलो प्रतिस्पर्धा गराईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :