व्यवसायिक फुटबलबाट कम्पोनीको सन्यास


एजेन्सी । म्यानचेस्टर सिटीका पूर्व कप्तान तथा बेल्जियमका डिफेन्डर भिसेन्ट कोम्पनीले व्यवसायिक फुटबलबाट सन्यास घोषणा गरेका छन् । ३३ वर्षिय कोम्पनीले सोमबार व्यवसायीक खेल जीवन टुंग्याएको घोषणा गरे ।

सिटीका लागि सफल डिफेन्डर मानिएका कोम्पनीले ११ वर्ष प्रिमियर लिग खेलेका थिए । अघिल्लो सिजन सिटी छाडेका कोम्पनी बेल्जियमको क्लब एण्डरलेष्टमा थिए ।
उनले सिटीलाई ४ प्रिमियर लिगको उपाधि जिताएका थिए । यस्तै उनको नेतृत्वमा क्लबले २ एफए कप, ४ लिग कप र २ कम्युनिटी सिल्डको उपाधि जितेका थिए । कोम्पनीले सिटीबाट ३ सय ६० खेल खेलेका थिए ।

सिटी छाडेपछि खेलाडी र व्यवस्थापकको रुपमा एण्डरलेच्ट गएका उनले अबको सिजन पनि सोही क्लबमा बिताउने छन् । तर सन्यासपछि उनको भुमिका भने परिवर्तन हुनेछ । अब उनी क्लबको प्रशिक्षकको रुपमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :