प्रिमियर लिग नखेलेका फिलिप्स डेब्यूको तयारीमा


एजेन्सी । युइएफए नेशन्स लिग फुटबलमा इङ्ल्याण्डका कल्भिन फिलिप्सले राष्ट्रिय टोलीमा डेब्युको मौका पाउने भएका छन् । प्रिमियर लिग खेलेको अनुभव नभएका फिलिप्सलाई मंगलबार हुने युइएफए नेशन्स लिग फुटबलमा डेनमार्कविरुद्धको खेलमा प्रशिक्षक ग्यारेथ साउथगेटले खेलाउने सम्भावना छ ।

लिड्स युनाइटेडमा आवद्ध युकेका मिडफिल्डर फिलीप्स १६ बर्षपछि प्रिमियर लिग तथा कुनै पनि शिर्ष डिभिजन लिग नखेली राष्ट्रिय टोलीमा पर्ने खेलाडी बनेका छन् । यसअघि सन् २००४ मा लिड्सका एलान स्मिथले प्रिमियर लिग नखेले पनि राष्ट्रिय टोलीमा मौका पाएका थिए । उनलाई केही दिन अघिमात्र टोलीका लागि निमन्त्रणा गरिएको थियो । लिड्स यो सिजन च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा भएको टोली हो ।

लिड्सबाट उसले ससक्त खेल प्रदर्शन गरेको छ, प्रशिक्षक साउथगेटले भनेका छन्, उ राम्रो मिडफिल्डर हो, त्यसैले आफ्नो क्षमताले टोलीमा मौका पायो ।

प्रशिक्षक साउथगेटले उनलाई अन्तिम समयमा टिममा भित्र्याएका हुन्। उनले हिजो मात्रै आफ्नो टोलीका फिल फोडेन र ग्रिनउडलाई अनुशासन हिन काम गरेको भन्दै टोलीबाट निकालेका थिए । सोही कारणले पनि फिलिप्सले मंगलबारको खेलमा सुरुवाती ११ मा मौका पाउने ठुलो सम्भावना छ ।

यो पनि पढ्नुहोस्ः रोड्रिग्वेज एभर्टनमा अनुबन्धित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :