डेब्यु खेलमा चोट लागेपछि रग्बी खेलाडीको निधन

एजेन्सी । अष्ट्रेलियाका रग्बी खेलाडी जोएल डार्कको निधन भएको छ । न्यू साउथ वेल्स रग्बी लिगको खेलको दौरान टाउकोमा चोटका कारण रग्बी खेलाडी जोएल डार्कको मृत्यु भएको हो ।

न्यु क्यासल क्लबबाट डेब्यु गरेको खेलमा टाउकोमा चोट लागेपछि जोएलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

१९ वर्षिय जोएल डार्कको उपचारका क्रममा ६ दिन पछि अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

डार्क गत आइतबार गम्भीर घाइते भएपछि उनको न्यु क्यासलको जोन हन्टर अस्पतालमा उपचार भइरहेको थियो । उनको टाउको शल्यक्रिया असफल भएपछि डार्कको ज्यान गएको उपचारमा संलग्न चिकित्सकले बताए ।

उनी अष्ट्रेलियाका अन्तर्राष्ट्रिय खेलाडी बोयड कोर्डनरका भाई हुन् ।

डार्कको सम्मान र उनलाई श्रद्धाञ्जली अर्पण गर्न न्यू साउथ वेल्स रग्बी लिगमा यस साताका सबै खेलहरु स्थगित गरिएको छ ।

यो पनि पढ्नुहोस्ः श्रीलंकाली क्रिकेटर ओपाथाको निधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :