प्लेअफ प्रवेशका लागि दिल्ली र बैंग्लोर खेल्दै

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सोमबार (आज) दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर खेल्दैछन् । समुह चरणको अन्तिम खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली र बैंग्लोर खैल्न लागेका हुन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

युएईको सेख जयाद स्टेडियममा हुने खेलमा दुबै टोलीलाई अनिवार्य जितको खाँचो छ । किनकी दबैको प्लेअफ सम्भावनाको अंक गणित कायम छ । आजको खेल जित्ने टोलीले प्लेअफमा स्थान बनाउने भएको कारण पनि दुबै टोली जित निकाल्ने लक्षमा हुनेछन् ।

तालिकाको दोस्रो स्थानमा रहेको बंैग्लोरले १३ खेलमा १४ अंक बनाएको छ । दिल्लीविरुद्ध जित निकाले बैंग्लोर १४ खेलमा १६ अंकसहित प्लेअफ छनोट हुनेछ । यस्तै समान खेलमा समान अंकसहित तेस्रो स्थानमा रहेको दिल्लीले पनि अन्तिम खेलमा जित हातपारे कम्तिमा दोस्रो स्थान पक्का गर्दै प्लेअफ यात्रा तय गर्नेछ । यो खेलमा पराजित हुने टोलीले भने प्लेअफ छनोटका लागि समुह चरणको अन्तिम खेलमा हैदराबाद र मुम्बईबीचको नतिजा पख्नु पर्नेछ, तर त्यो नतिजाले पनि प्लेअफको कुनै ग्यारेन्टि भने दिनेछैन ।

सुरुवाती खेलमा सानदार प्रदर्शन गरेर पनि पछिल्ला खेलमा खराब नतिजा आत्मसाथ गरेको दिल्ली यो खेलमा पनि ओपनर तथा ब्याट्सम्यान सिखर धवनमा निर्भर रहनेछ । धवनसंगै कप्तान श्रेयस ऐयरको भुमिका पनि खेलमा महत्वपूर्ण हुनेछ । यस्तै प्थ्वी सो, स्टोइनिस, हेटमार पनि दिल्लीका महत्वपूर्ण खेलाडी हुन् । दिल्लीले नेपाली खेलाडी सन्दीपलाई समुह चरणका कुनै खेलमा पनि मौका दिएको छैन । १४औं खेलमा पनि सन्दीपले मौका पाउने सम्भावना निकै कम छ ।

यस्तै कप्तान विराट कोहलीको बैंग्लोर पनि दिल्लीलाई पराजित गर्दै प्लेअफको दाउमा हुनेछ । उनको टिममा रहेका बिस्फोटक ब्याट्सम्यान एबी डेभिलियर्स यो खेलमा महत्वपूर्ण रहनेछन् । यस्तै कप्तान कोहली, एरोन फिंच, युज्वेन्द्र चहाल पनि आजको खेलमा बैंग्लोरका मख्य हतियार हुन् ।

यी दुई टोलीबीच भएको समुह चरणको पहिलो खेलमा दिल्लीले ५९ रनको सानदार जित हात पारेको थियो ।

यो पनि पढ्नुहोस्ः आइपीएलमा कार्तिकको किर्तिमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :