भारतविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा अस्ट्रेलिया टस जितेर ब्याटिङ्ग गर्दै

एजेन्सी । भारतविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा घरेलु टोलि अस्ट्रेलियाले टस जितेर ब्याटिङग गर्ने निर्णय लिएको छ । ३ एकदिवसीय सीरीजको पहिलो खेल सिड्नी क्रिकेट ग्राउण्डमा सुरु भएको छ ।

अस्ट्रेलियाले अन्तिम पटक ईङ्गयाण्डसंग खेलेको टिममा मात्र एउटा परिवर्तन गरेको छ । घाइते मिचेल मार्शको स्थानमा स्टिभ स्मिथ आएका छन् ।

भारतको ओपनिङ ब्याटिङ मायाँक अग्रवाल र शिखर धवनले गर्ने छन् । भने उस्को अन्तिम ११ मा कुलदिप यादब अटाएका छैनन् । उनको स्थनमा नभदिप सैनीले मौका पाएका छन् ।

भारतीय क्रिकेट टिम रोहित शर्मा बिना उत्रँदैछ । रोहित सिमित ओभर सीरीजका लागी अस्ट्रेलिया भ्रमणमा गएका छैनन् ।

दुई देश बिच नोभेम्बर २९ र डिसेम्बर २ मा दोश्रो र तेश्रो एकदिवसीय खेलिनेछ । त्यसपछि डिसेम्बर ४, ६ र ८ तारिखमा ३ वटा टि २० अन्तराष्ट्रिय खेल खेलिनेछ , भने डिसेम्बर १७ मा टेस्टबाट सीरीज सुरु हुने छ ।

यो पनि पढ्नुहोस्ः वेष्ट ईण्डिजद्वारा न्युजिल्याण्ड सामु १ सय ७६ रनको लक्ष्य बिशाल प्रस्तुत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :