म्यान्चेस्टर सिटी वेस्ट ब्रोमसँग बराबरीमा रोक्कियो

एजेन्सी । वेस्ट ब्रोमका गोलकिपर साम जोन्सटनको उत्कृष्ट प्रदर्शनमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । यो बराबरीले सिटीलाई तालिकाको छैठौ स्थानमै सिमित राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा सिटी वेस्ट ब्रोमसँग १–१ गोलको बराबरीमा रोक्किएको हो ।

ईल्काए गुन्डोगानले खेल शुरु भएको आधी घण्टाको समयमा रहिम स्टर्लिङ्गको कट ब्याकलाई सदुपयोग गर्दै गोल गरे । उनको यसै गोलको मद्दतमा सिटीले पहिलो हाफमा वेस्ट ब्रोममाथि १–० को अग्रता कायम गर्याे ।

यसपछि ४९औं मिनटमा सिटीका रुबेन डायसले वेस्ट ब्रोमलाई आत्मघाित गोल उपहार दिएपछि खेल बराबरीमा पुगेको थियो ।

यसपछिको समयमा सिटीले गोलको थप दुई वटा मौका बुनेको थियो तर ब्रोमका गोलकिपर जोन्सटनले विफल बनाईदिएपछि खेल बराबरीमा टुङ्गिन पुग्यो ।

बराबरीमा रोक्किएको सिटीको १२ खेलमा २० अंक छ । यस्तै १९औं स्थानमा रहेको वेस्ट ब्रोमको १३ खेलमा ७ अंक भएको छ ।

यो पनि पढ्नुहोस्ः  वुल्भससँग चेल्सी पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :