प्रिमियर लिगमा आज लिभरपुल र न्यूक्यासल भिड्दै

ईङ्गलिस प्रिमियर लिग अन्तर्गत बुधबार आज राती लिभरपुल र न्यूक्यासल युनाइटेड प्रतिस्पर्धा गर्दै छन् । लिभरपुल र न्यूक्यासल युनाइटेड प्रतिस्पर्धा  न्यूक्यासल युनाइटेडको घरेलु मैदान हग्ले ओभल क्राइस्टचर्चमा खेलिने खेल नेपालि समय अनुसार राति १ः४५ बजे सुरु हुने छ ।

लिग लिडर लिभरपुलले आईतबार वेस्ट ब्रोम सँगको बराबरी नतीजालाई नदोहोर्याउने योजनामा रहने छ भने आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीविरुद्ध २–० गोलले पराजित भएको न्यूक्यासल आफ्ना मम्जोरी सच्याउँदै लिग लिडर माथि जित निकाल्ने रणनिती सहित मैदान उत्रने छ ।

लिभरपुलका नाबी केइटा र जोएल म्याटिप दुवैको मांसपेशीमा चोटका कारण केही हप्ताको लागि टिम बाहिर छन् भने दुबैले आजको खेल गुमाउने छन् । थाआगो अलकान्टाराले समेत आजको खेल गुमाउने छन् ।

न्यूक्यासलका रायन फ्रेजर, जोन्जो शेल्वे जमाल लसेल्स, एलन सेन्टले आजको खेल गुमाउने भएका छन् ।

दुई टिमले हाल सम्म १७९ खेल खेल्दा लिभरपुलले ८७ र न्यूक्यासलले ५० खेल जितेको छ भने बाँकी खेल बराबरीमा सकिएका छन् ।

जारी प्रिमियर लिगको शिर्ष स्थामा रहेको लिभरपुलले १५ खेलमा ९ जित र १ मात्र हारको सामना गर्दै ३२ अंक जोडेको छ ।

यस्तै १५ औं स्थानको न्यूक्यासलले १४ खेलमा ५ जित र ६ हारको सामना गर्दै १८ अंक जोडेको छ ।

यो पनि पढ्नुहोस्ः  टोटनहमले फुलहमसँग प्रतिपर्धा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :