भारतविरुद्धको तेस्रो टेस्टकालागी अष्ट्रेलिया टिमको घोषणा, वार्नरको पुनर्आगमन

क्रिकेट अष्ट्रेलिया (सीए) ले भारतविरुद्धको तेस्रो टेस्टकालागी अष्ट्रेलिया टिमको घोषणा गरेको छ ।

भारतविरुद्धको दोस्रो एकदिवसियका दैरान घाईते हुँदा टिम बाहिर रहेका डेभिड वार्नर टिममा सामेल भएका छन् ।

वार्नरलाई दोस्रो टेस्टमा टिममा राख्ने योजना क्रिकेट अष्ट्रेलियाको रहेपनी उनी पुर्णरुपले फिट हुन नसक्दा टिममा सामेल भएका थिएनन् ।

यस अघी पहिलो र दोस्रो टेस्ट टिमको हिस्सा रहेका जो बन टिममा पर्न असफल भएका छन् । भने वार्नरका अतिरिक्त १८ सदस्य टोलीमा विल पुकोभस्की र सीन एबट टिममा फर्किएका छन् ।

अष्ट्रेलिया टोली
टिम पेन (सी), प्याट कमिन्स (कप्तान), सीन एबट, क्यामरन ग्रीन, जोश हेजलवुड, मार्कस ह्यारिस, ट्राभिस हेड, मोइसेस हेनरिक्स, मार्नस लाबुस्गेन, नेथन लियोन, माइकल नेसर, जेम्स प्याटिनसन, विल पुकोवस्की, स्टीव स्मिथ , मिशेल स्टार्क, मिशेल स्वीपसन, म्याथ्यू वेड, डेभिड वार्नर ।

यो पनि पढ्नुहोस्ः  प्रधानमन्त्री कप महिला क्रिकेटमा बागमतीको पहिलो जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :