लिभरपुलले साउथह्याम्पटनसँग खेल्ने

ईङ्गलिश प्रिमियर लिग फुटबलमा सोमबार हुने एक मात्र खेलमा साउथह्याम्प्टनले शिर्ष स्थानको लिभरपुलको सामना गर्दैछ ।

साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती १ः४५ बाट सुरु हुनेछ ।

नवौं स्थानको साउथह्याम्प्टन घरेलु भूमिमा आजको खेल जित्दै लिग तालिकामा सुधारको योजनासहित मैदानमा उत्रनेछ । १६ खेलमा २६ अङ्क जोडेको साउथह्याम्पटन आजको खेल जिते छैठौं स्थानमा उक्लने छ ।

साउथह्याम्पटनका जेन्निक वेस्टरगाड र नेथन रेडमन्डले चोटका कारण आजको खेल गुमाउने भएका छन् ।

यस्तै १६ खेलमा ३३ अङ्क जोडेर शिर्ष स्थानमा रहेको लिभरपुल साउथह्याम्पटनलाई हराउँदै लिग लिडरको स्थान कायमै राख्ने दाउँमा रहनेछ ।

लिभरपुलका जो गोमेज, भर्जिल भ्यान डिजिक, डियोगो जोटा, कोस्टस सिमिक्स, नाबी केइटा र जोएल मटिपले पनि चोटका कारण आजको खेल गुमाउने भएका छन् ।

यो पनि पढ्नुहोस्ः भ्यालेन्सिया र क्याडिजबीच प्रतिस्पर्धा हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :