घाइते ऋषभ पंत अस्पतालमा

अस्ट्रेलियाबिरुद्धको तेस्रो टेस्टका दौरान भारतीय क्रिकेट टीमका विकेटकीपर ब्याट्सम्यान ऋषभ पंत घाइते भएका छन् । उनको कुहिनोमा चोट लागेको बीसीसीआईले जनाएको छ । ब्याटिङ्गका दैरान कुहिनोमा चोट लागेका ऋषभ पंत लाई अस्पताल लगिएको छ ।

भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई ) ट्विट गर्दै पंतलाई अस्पताल लगिएको जानाएको हो ।

सिड्नीमा जारी तेस्रो टेस्टको पहिलो पारीमा पंतले ३६ रन बनाएका थिए । पंतलाई अस्पताल लगिए पछी उनको स्थानमा ऋद्धिमन साहले विकेटकीपीङ्ग गर्दै छन् ।

सट बलमा केही कम्जोर प्रदर्शन गरिरहेका पंतबिरुद्ध अष्ट्रेलियाका फास्ट बलरहरुले लगातार सटबल प्रहार गरेका थिए ।

जारी टेस्टको पहिलो पारीमा अष्ट्रेलियाले ३३८ रन बनाएको थियो भने भ्रमण टोलि भारत आफ्नो पहिलो पारीमा २४४ रनमा समेटिएको थियो । अष्ट्रेलियाले आफ्नो दोस्रो पारी खेल्दै छ ।

यो पनि पढ्नुहोस् : पहिलो पारीमा भारतको मध्यम प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :