एनएनआईपीए स्पोर्ट अवार्डको तयारी पुरा

काठमाडौं । १५ औं संस्करणको एनएनआईपीए स्पोर्ट अवार्डको सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने स्पोर्ट अवार्डको तयारी पुरा भएको आयोजकले बिहीबार एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

आयोजकका अनुसार प्रतियोगिता फागुन ८ गते शनिबार मध्यपुर ठिमी नगरपालिका निगु पुखुमा हुँदैछ ।

यस वर्षको अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको आयोजकले जनाएको छ ।

जसमा २६ खेलबाट चुनिएका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, आदर्श खेडाली, उत्कृष्ट पारा खेलाडी र खेल पत्रकारिता अवार्ड रहेका छन् ।

यस्तै उत्कृष्ट खेलाडीहरुबाट एक महिला र एक पुरुष खेलाडी छनौट गरी सर्वोत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिने छ ।

सर्वोत्कुष्ट महिला तथा पुरुष खेलाडीले समान एक एक लाख प्राप्त गर्दा प्रत्येक उत्कृष्ट खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतिभावन महिला तथा पुरुष खेलाडीले समान रु. ५० हजार प्राप्त गर्दा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधाका महिला तथा पुरुष खेलाडीले पनि समान रु. ५० हजार प्राप्त गर्नेछन् ।

अर्वाडका लागि संघका प्राप्त भएको सिफारिसमा उत्कृष्ट घोषिट हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनौट दीपक विष्ट संयोजकत्वको छनौट समितिले छनौट गर्ने आयोजकले जनाएको छ ।

आगोजकका अनुसार यस सिजनको अवार्डमा गर्त वर्ष घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा सहभागी भएका खेलाडीहरु समावशे हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :