घाईते खेलाडीलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे ।

सहयोग प्राप्त गर्ने खेलाडीहरुमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन् ।

कोषले प्रदान गरेको रकम खेलाडी बिष्णा, नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गलाई प्रदान गरिएको थियो । बिष्णाको खेलको क्रममा घुँडामा चोट लागि अपरेशन गरिएको थियो ।

यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाईराईड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।

राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ । कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने ब्यवस्था गरिएको छ ।

कल्याणकारी कोषले कम्तिमा राष्ट्रिय खेलाडी भएको प्रमाणित प्रमाण पत्र प्राप्त राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आईरहेको छ ।

यस बर्ष २०७७ सालमा कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरुमा प्रतिभा माली (भलिबल) २ लाख, सविता खड्का (बास्केटबल) १ लाख २५ हजार, मनिषा बिष्ट (कबड्डी) ७५ हजार, स्व। रविन कुमार राई (एथलेटिक्स) १ लाख, पृथ्वी आलोक (जुडो) १ लाख र सीता राई (ब्याडमिन्टन) १ लाख २५ हजार रहेको छ ।

यो पनि पढ्नुहोस् : रञ्‍जित धिमाल विराटनगर सीटीका मार्की खेलाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :