अफ्रिकन रुट्सलाई स्तब्ध पार्दै संकटाले जित्यो पहिलो पटक आहा रारा गोल्डकपको उपाधि

पोखरा । पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि पहिलो पटक संकटा क्लबले जितेको छ ।

पोखरास्थित पोखरा रंगशालामा शनिबार भएको १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेलमा पाहुना टोली अफ्रिकन रुट्स एशोसियशनलाई ४-२ गोल अन्तरले पराजित गर्दै शंकटाले उपाधि जितेको हो । उपाधिसँगै संकटाले इतिहास रचेको छ ।

खेलको निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको अतिरिक्त समयमा पनि दुवै टिम गोल गर्नेबाट बञ्चित बनेसँगै खेलको नतिजा पेनाल्टी मार्फत भएको हो ।

संकटालाई जित दिलाउन अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले समान एक एक गोर गरेका थिए ।

यस्तै अफ्रिकन रुट्समा तर्फबाट केप्टा यानिक र एम्बिएकोपले एक एक गोल फर्काए ।

खेलमा शुरुवाती अग्रता भने अफ्रिकन रुटले लिएको थियो । ११ औं मिनटमा बेसिस्कले गोल गर्दै अफ्रिकन रुट्सलाई अग्रता दिलाए थिए ।

त्यसपछि खेलको ५१ औं मिनटमा संकटाका विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेललाई एक एकको बराबरीमा पुर्याएका थिए ।

त्यसपछि दुवै टिमले दोहोरो अङ्क जोड्न नसक्दा खेलमा ३० मिनटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल हुन सकेन र पेनाल्टी मार्फत खेलको नतिजा निर्धारण गरिएको थियो ।

उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया प्राप्त गरेको छ ।

यता पहिलो पटक आहा रारा गोल्डकपमा सहभागि हुँदै फाइनलसम्मको यात्रा तय गरेको उप विजेता टिम अफ्रिकन रुट्सले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :