जित सहित चेन्नई शिर्ष स्थानमा

ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ ।

चेन्नईले कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गरेको हो ।

कोलकत्तालाई पराजित गरेसँगै यस संस्करणकमा तेस्रो जित निकालेको चेन्नई तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईमा चेन्नईले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर १ बलमा सबै विकेट गुमाउदै २ सय २ रन मात्र जोड्न सक्यो ।

कोलकत्ताका लागि पाट कुमिन्सले अविजित रहदै ६६ रनको अर्धशतकीय पारी खेले पनी टिमलाई जित दिलाउन सकेनन् ।

आन्द्रे रसेलले ५४ रनको अर्धशतकिय योगदान दिँदा दिनेश कार्तिकले ४० रन जोड्ए ।

चेन्नईको बलिङमा दिपक चाहरले ४ विकेट, लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहदै ९५ रनको अर्धशतकीय पारी खेले । यस्तै रुतुराज गायकवाडले ६४ रनको अर्धशतकीय योगदान दिँदा मोइन अलीले २५ रन र कप्तान महेन्द्र सिंह धोनीले १७ रन बनाए ।

कोलकत्ताका वरुण चक्रवर्ती, सुनील नारिन र आन्द्रे रसेलले समान १–१ विकेट बाडे ।

जित सहित शिर्ष स्थानमा उक्लिएको चेन्नईले ४ खेलमा ६ अंक जोडेको छ । कोलकत्ताको यो तेस्रो हार हो । कोलकत्ता ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :