जितसहित चेन्नई लिगको शिर्ष स्थानमा

इन्डियन प्रिमयर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्गस विजयी भएको छ ।चेन्नईले सनराइजर्स हैदराबाद माथी ७ विकेट को जित निकालेको हो । जितसँगै चेन्नई लिको शिर्ष स्थानमा उक्लिएको छ ।

हैदराबादले लिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले ९ बल बाकी रहदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा ऋतुराज गायकवाडले सर्वाधिक ७५ रनको रनकोे अर्धशतकिय पारी खेले । यस्तै फाफ डु प्लेसिसले ५६ रनको अर्धशतकिय योगदान दिदाँ मोईन अली १५ रनमा आउट भए । सुरेश रैना १५ रन र रविन्द्र जडेजा ७ रनका नटआउट रहे ।

हैदराबादका राहिद खानले ३ विकेट लिए पनी टिमको हार टार्न सकेनन् ।

यस अघी अरुण जेटली स्टेडियम, दिल्लीमा टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार पारेपछी चेन्नईले जिका लागी १ सय ७२ रनको लक्ष्य पाएको थियो ।

हैदराबादका लागी मनीष पाण्डेले सर्वाधिक ६६ रनकोे अर्धशतकिय पारी खेले भने आफ्नो आईपीएल करिएरको ५० औं अर्धशतक पुरा गरेका कप्तान डेभिड वार्नर ५७ रनमा आउट भए । जोनी बेयरस्टोको ७ रन जोड्दै मैदान बाहिरिए ।

केन विलियमसन रन र केदार जाधव रनमा नटआउट रहे ।

चेन्नईको बलिङमा लुंगी एनगिडीले २ र स्याम कुरानले १ विकेट हात पारे ।

जितसंगै चेन्नई लिगको शिर्ष स्थानमा उक्लिएको छ । चेन्नइको ६ खेलमा ५ जित सहित १० अंक छ । समान खेलमा समान अंक जोडेको बैंगलुरु नेट रन रेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।

६ खेलमा ५ हार र १ जित निकालेको हैदराबाद २ अंक सहित तालिकाको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :