फुलह्यामले बर्नलेको सामना गर्दै

ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार हुने एक मात्र खेलमा फुलह्याम र बर्नले प्रतिस्पर्धा गर्दैछन् ।

फुलह्यामको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती १२:४५ बजेबाट शुरु हुनेछ ।

जारी लिगमा अपेक्षा अनुरुप खेल खेल्न नसहिरहेका दुवै टिम आजको खेल जित्दै लिग अङ्क तालिका सुधारको चाहना सहति मैदान प्रवेश गर्नेछ ।

३४ खेलबाट २७ अङ्क जोडेको फुलहम तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

यस्तै समान खेलबाट ३६ अङ्क जोडको बर्नले तालिकाको १७ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :