ज्ञानेन्द्रको बरियतामा सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ३ स्थानको सुधार गरेका छन् ।

ज्ञानेन्द्र ९४ औं स्थानमा पुगेका छन् । यसअघि उनी ९७ औं स्थानमा थिए ।

यस्तै पारस खड्काले पनि चार स्थान सुधार गरेका छन् । अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएपनी आईसीसीले उनलाई बरियाता सूचीबाट हटाएको छैन । आईसीसीले पूर्व खेलाडीहरुलाई बरियातामा राख्न नमिल्ने नियमको प्रयोग गर्दै पारसलाई सूचीबाट हटाउने छ ।

यसअघि ९४ औं स्थानमा रहेका पारस ९० औं स्थानमा छन् ।

नेपालका अर्का खेलाडी कुशल भुर्तेल भने ६० औं स्थानमा यथावत रहेका छन् ।

बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७७ औं स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :