नेपाली राष्ट्रिय महिला फुटबल टोलिलाई एन्फाको बिदाई

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको छ ।

सोमकार एक कार्यक्रमकाबिच एन्फाले एएफसी महिला एशियन कप छनौट खेल्न नेपाली टोलि आज उज्वेकिस्तानतर्फ जान लागेको नेपाली टोलीलाई बिदाई गरेको हो ।

नेपाली टोली आज राति ११ बजे उज्वेकिस्तान प्रस्थान गर्ने छन् । तर टोलिसँग भरपर्दो डिफेन्डरको रुपमा रहेकी पुनम जर्घामगर भने मुटुमा देखिएको समस्याका कारण उज्वेकिस्तान नजाने भएकी छिन् ।

गंगालाल ह्र्दयरोग केन्द्रमा बंगलादेशसँगको पहिलो मैत्री खेलअघि गरिएको नियमित स्वास्थ्य परिक्षणको क्रममा पुनमको मुटुमा समस्या देखा परेको थियो ।

मुटुमा समस्या देखिएपछि चिकित्सकले पुनमलाई खेल नखेलाउन दिएको सल्लाह अनुरुप उनी बंगलादेशसँगको मैत्री खेल खेल्नबाट वञ्चित भएकी थिईन् ।

त्यसपछि शुक्रबार गरिएको परिक्षण पश्चात पुनमको मुटुको भल्भमा समस्या देखिएको र सर्जरी गर्नुपर्ने रिपोर्ट आएपछि उनी उज्वेकिस्तान जान नमिल्ने भएको महिला टोलिकी ब्यवस्थापक पेमा लामाले बताईन् ।

‘उनको मेडिकल रिपोर्टले तत्काल उनी खेल खेल्न नसक्ने देखाएको छ, ब्यवस्थापक पेमा लामाले भनिन्,‘उनको मुटुको भल्भ्मा समस्या देखिएकोले शल्याक्रिया नै गर्नुपन देखाएको छ । शल्यक्रियाका लागि एन्फामा समन्वय भइरहेको छ, अब छिट्टै उनको मुटुको शल्यक्रिया गरिने तयारी छ ।’

पुनम नजाने भएपछि शुरुमा २३ खेलाडी छनौट भएकोमा अब २२ खेलाडीको सदस्यसहित नेपाली टोलि उज्वेकिस्तान जान लागेको हो ।

नेपाली टोलि टर्कीको ईस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछ ।

एशियन कप छनौटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलको थियो ।

पहिलो मैत्री खेल २–१ ले जितेको नेपालले दोस्रो खेलमा भने गोल रहति बराबरी खेलको थियो ।

बंगलादेशसँग हालसम्म ८ खेल खेलेको नेपालले ६ खेल जित्दा दुई खेलमा बराबरी खेलको छ ।

एएफसी कप छनौट अन्तर्गत समूह ’एफ’ मा रहेको नेपालले सेप्टेम्बर १८ (असोज २) मा फिलिपिन्सविरुद्ध खेल्दै छनौट प्रतियोगिताको शुरुवात गर्ने छ ।

यस्तै सेप्टेम्बर २१ (असोज ५) मा नेपालले हङ्गकङ्गविरुद्ध दोस्रो छनौट खेल खेल्ने छ । उज्वेकिस्तानस्थित जेएआर स्टेडियममा हुने यी दवै खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजेबाट शुरु हुनेछ ।

नेपाली खेलाडीको सूची:

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :