बी डिभिजन लिगमा रेफ्रीमाथि हातपात

ललितपुर । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी शहिद स्मारक बी डिभिजन लिग फुटबलको दौरान रेफ्रीमाथि हातपात भएको छ।

लिग अन्तर्गत बुधबार आज भएको श्री भगवती युथ क्लब र बासॅंबारी क्लबबिचको खेल दौरान रेफ्रिमाथि हातपात भएको हो ।

श्री भगवतीका अनिश श्रेष्ठलाई खेलका रेफ्री सुमन श्रेष्ठले पहेंलो कार्ड दिएका थिए ।

तर रेफ्रिको निर्णय चित्त बुझ्दो नभएको भन्दै उक्त खेलाडीले रेफ्रिलाई उल्टो नराम्रो व्यवहार गरेका थिए ।

त्यसपछि उनी रेड कार्ड खाँदै मैदान बाहिरीएका थिए ।

अधिकांश समय तनावपूर्ण बनको खेलको अन्तिम समयमा रेफ्री सुमन श्रेष्ठ र मधुकर आचार्यमाथि श्री भगवती क्लबका अफिसियलले हातपात गरेका हुन्।

हातपातमा परेका रेफ्रीहरुको अवस्था भने सामान्य रहेका श्रोतले जनाएको छ ।

यस विषयमा छानबिनका लागि एन्फा लिग कमिटि र एन्फा अनुशासन कमिटिबीच बिहीबार बैठक बस्ने बताइएको छ ।

बैठबकले विबादिन खेलको भिडियो फुटेज लगायत अन्य अधिकारिक प्रमाणको आधारमा सत्यतथ्य छानबिन गरि दोषिलाई आवश्यक कारबाहिको निर्णय गर्ने एन्फा श्रोतले जनाएको छ ।

यस खेलमा बाँसबारी क्लब २–१ विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :