इन्टर मिलानलाई सातौं पटक इटालियन सुपर कपको उपाधि

इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै इन्टरले उपाधि जितेको हो ।

इन्टर उपाधि दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटारो मार्टिनेजले एक एक गोल गरे ।

खेलको दशौँ मिनटमा फेडेरिकोको गोलबाट इन्टरले पहिलो अग्रता लिएको थियो ।

२१ औं मिनटमा इडेनले गोल गेरेपछि पहिलो हाफमा इन्टर २-० ले अघि रहेको थियो ।

त्यसपछि खेलको ७७ औं मिनटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-० को जितसहित उपाधि दिलाए ।

यससँगै इन्टरले सातौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :