ब्याडमिन्टन कोर्टमा खेल्दा खेल्दै मृत्यु

भारतमा ब्याडमिन्टन खेलिरहेका एक युवकको अचानक मृत्यु भएको छ ।

भारतको हैदराबादमा मंगलबार साँझ ब्याडम्न्टिन खेलिरहेको एक युवकको कोर्टमा लडेर मृत्यु भएको हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार हैदरावादको लालपेट, सिकन्दराबादमा ब्याडमिन्टन खेल्ने क्रममा एक व्यक्ति कोर्टमा लडेर हृदयघातका कारण मृत्यु भएको हो ।

यो घटनाको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल समेत बनिरहेको छ ।

जानकारी अनुसार ३८ वर्षीय श्याम यादव सदाझैं अफिसबाट आएर साँझ ७ः३० बजे ब्याडमिन्टन खेल्न गएका थिए । ब्याडमिन्टन खेल्दै गर्दा उनलाई हृदयघात भयो र बेहोस हुन पुगे । त्यसपछि उनका साथीहरूले उनलाई नजिकैको अस्पतालमा उपचारका लागि लगे । जहाँ चिकित्सकले श्यामलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :