ह्यान्डबल टोली बंगलादेश जाने

काठमाण्डौं । आईएचएफ ट्रफी वोमन, २०२३ (साउथ–सेन्ट्रल एसिया) मा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली ह्यान्डबल टोली शुक्रबार बंगलादेशको ढाका जाने भएको छ । मे १३ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा नेपालले युथ र जुनियरमा प्रतिस्पर्धा गर्ने छ ।

युथमा कुसुम बानियाँ, सुस्मिता तिमिल्सिना, रेखा घर्ती, सन्ध्या राई, बानुमाया गुरुङ, रोशनी पुन, अर्पणा पुन, रविना विश्वकर्मा, सुष्मा गुरुङ, साइमना राणा, हीराकुमारी कार्की, पुर्णिमा पौडेल, पवित्रा विक र रक्षा तिलिजा पुन रहेका छन् ।

व्यवस्थापकमा विश्व बम मल्ल तथा प्रशिक्षकमा कृष्णबहादुर शाक्य र पवनकुमार लाल छन् ।

जुनियरमा कृतिका गुरुङ, विमला भुजेल, प्रीति विक, अस्मिता नेपाली, अनिशा रेग्मी, स्नेहा सुवेदी, प्रकृति बस्नेत, मोनिका क्षेत्री, प्रेक्षा कटुवाल, अन्जिता राई, रिजना राई, मेनका भुजेल, रुचिता घर्ती मगर र ममताकुमारी बानियाँ रहेका छन् ।

व्यवस्थापकमा हिमालराज दाहाल तथा प्रशिक्षकमा रामेश्वरप्रसाद श्रेष्ठ र रन्जना राई छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :